२०८२ साउन २० गते सोमबार | 4 August, 2025

सुनको मूल्यमा गिरावट

शुक्रबार १२, कार्तिक २०७८ १२:०६

सुनको मूल्यमा गिरावट

काठमाडाैं । नेपालमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैंयाले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ रूपैंया हजार तोकिएकामा बिहीबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला ९१ हजार ९००मा कारोबार भएको थियो ।

यसैगरी  आज चाँदी बिहिबारको तुलनामा प्रतितोला पाँच रूपैंया घटेर एक हजार २४५ कायम भएको  छ । चाँदी बिहीबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।


प्रतिकृया दिनुहोस