२०७८ कार्तिक ०४ गते बिहिबार | 21 October, 2021

स्रोत नखुलेको ९५ लाखसहित पक्राउ

शनिबार ०९, असोज २०७८ १२:३३

स्रोत नखुलेको ९५ लाखसहित पक्राउ

काठमाडाैं । स्रोत नखुलेको ९५ लाख रूपैंयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो  । 

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले शनिबार जारी गरेको विज्ञाप्तिमा जनाइएको छ ।

चितवनबाट काठमाडौँ आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस