२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

आज कति घट्याे सुनकाे मूल्य ?

सोमबार ०४, असोज २०७८ ११:४७

आज कति घट्याे सुनकाे मूल्य ?

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोवार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार साेमबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ । 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो ।  

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० थियो । 


प्रतिकृया दिनुहोस