२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

बेलायतमा कोरोनाविरूद्धको खोप मानिसमा परीक्षण गरिने

बुधबार १०, बैशाख २०७७ १२:५१

बेलायतमा कोरोनाविरूद्धको खोप मानिसमा परीक्षण गरिने

लन्डन (एजेन्सी) ।  बेलायतमा कोरोनाभाइरसविरूद्धको खोप मानिसहरुमा परीक्षण गरिने भएको छ। बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा बिहीबारदेखि यो परीक्षण सुरू हुन लागेको हो।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन्। उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ। 

मन्त्री ह्यानककले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनमा खोपको विकासका लागि आशालाग्दो पहल भइरहेको बताए।

कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा  रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे।

बेलायतमा खोप तयार भएको अवस्थामा पहिलो प्राथमिकता आफ्नै देशभित्रलाई दिइनेसमेत मन्त्री  ह्यानककले उल्लेख गरे। अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बरसम्म खोप तयार गरिसक्ने बताएको छ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्रै ८ सय २८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा कोरोना संक्रमण १ लाख २९ हजार ४४ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।


#खाेप

प्रतिकृया दिनुहोस