शनिबार १५, जेठ २०७८ ०८:१३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ ।
चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री विष्णु पाैडेलले बताए ।
यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड ,वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब अनुमान गरिएको छ ।
गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट ल्याएकाे थियाे। गत बर्ष भन्दा याे वर्ष बजेटकाे आकार बढेकाे छ।
प्रतिनिधि सभा विघटन भएकाले अर्थमन्त्री पाैडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण गरेका थिए। प्रतिनिधि सभा नभएकाे अवस्थामा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याएकाे हाे
प्रतिकृया दिनुहोस