शनिबार १५, जेठ २०७८ ०८:०३
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्न लागेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने जनाइएकाे छ।
सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।
विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिकृया दिनुहोस