२०८२ साउन २० गते सोमबार | 4 August, 2025

राजस्व संकलन गर्न एनसिएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच त्रिपक्षीय सम्झौता

आइतबार ११, माघ २०७७ ०५:३३

राजस्व संकलन गर्न एनसिएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच त्रिपक्षीय सम्झौता

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पी.एस.पी.मार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक रआइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएकाे छ । 

डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागिउक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानीलगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।


#राजस्व संकलन

प्रतिकृया दिनुहोस