शनिबार २७, मङि्सर २०७७ ०९:०७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानएको छ ।
डिसेम्बर १ मा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
प्रतिकृया दिनुहोस