आइतबार १८, असोज २०७७ ०१:०२
नवलपरासी । पूर्वी नवलपरासको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो ।
तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ ।
तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।
प्रतिकृया दिनुहोस