२०८२ साउन १५ गते बुधबार | 30 July, 2025

सुनको मूल्य फेरि बढ्यो

बुधबार १४, असोज २०७७ ०२:४५

सुनको मूल्य फेरि बढ्यो

काठमाडाैं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रूपैंया ले वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० तोकेको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ । 


प्रतिकृया दिनुहोस