२०८२ साउन १४ गते मङ्गलबार | 29 July, 2025

चन्द्रागिरि केबलकार भाेलिदेखि सञ्चालनमा आउने

बुधबार ३१, भदौ २०७७ ०८:५२

चन्द्रागिरि केबलकार भाेलिदेखि सञ्चालनमा आउने
फाइल तस्बिर ।

काठमाडाैं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । 

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी बताए । 

'यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र  पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौं', उनले भने ।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय खुला भएका छन्।

चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि सामाजिक दूरी कायम गरी एउटा केबलकारमा जम्मा चार जनामा मात्र बस्न पाइने छ। यसअघि ८ जनासम्म यात्रा गर्न सकिने थियो।


#चन्द्रागिरि केबलकार

प्रतिकृया दिनुहोस