२०८२ साउन १३ गते सोमबार | 28 July, 2025

व्यावसायिक घरभाडा मिनाहा गर्न महासंघको माग

मङ्गलबार २३, भदौ २०७७ १२:१२

व्यावसायिक घरभाडा मिनाहा गर्न महासंघको माग

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । 

महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेकाे हो । 

'लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछाै', अध्यक्ष कटुवालले भने । 

महासंघले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ ।


#नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ

प्रतिकृया दिनुहोस