२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि (भिडियाे)

- विशेष खबर बिहिबार २८, भदौ २०८० ०२:१६

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि (भिडियाे)

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो । 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरु श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए ।
  
नेम्वाङको निवास बालुवाटारमा मुन्धुम संस्कृतिअनुसारको कार्य गरेपछि सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको थियाे ।

शीर्ष नेता, कार्यकर्ता, शेभेच्छुक र सर्वसाधारण सहभागी शवयात्रा बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

साेमबार राति नेम्वाङकाे ह्रृदयघातबाट निधन भएकाे थियाे । 
 

 


#सुवास नेम्वाङ

प्रतिकृया दिनुहोस