२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिँदै, आज शोक बिदा

- विशेष खबर बिहिबार २८, भदौ २०८० ०७:३१

सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिँदै, आज शोक बिदा

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति हृृदयघातका कारण निधन भएको थियो ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियाे । 

आज ११ बजे पशुपति आर्यघाटमा मन्धुम र हिन्दु संस्कृति अनुसार नेम्वाङको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टिअघि बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।  

 


#सुवास नेम्वाङ

प्रतिकृया दिनुहोस