२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

एलपीएलको टिकेटिङ पार्टनरमा आईएमई पे

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ०४:४४

एलपीएलको टिकेटिङ पार्टनरमा आईएमई पे

धनगढी। कैलालीको धनगढीमा आगामी कात्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को टिकेटिङ पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेड रहने भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र आईएमई डिजिटल सोलुसन लिमिटेडका सुदूरपश्चिम प्रमुख जगदीश अवस्थी बीच बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पछि यस सिजनकाे एलपीएलमा टिकटको सम्पूर्ण व्यवस्थापन आईएमई पे ले गर्ने छ । एलपीएलको सातौँ संस्करण आगामी कात्तिक १३ गतेदेखि धनगढीमा सञ्चालन हुन लागेकाे हाे ।

सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राख्न पाउने व्यवस्था छ । 


#आईएमई पे #एलपीएल

प्रतिकृया दिनुहोस