२०८२ साउन ०४ गते शनिबार | 19 July, 2025

राजामौलीको 'आरआरआर'ले रिलिज अगावै कमायो ४ सय करोड

आइतबार ०४, फागुन २०७६ ०३:३२

राजामौलीको 'आरआरआर'ले रिलिज अगावै कमायो ४ सय करोड

मुम्बइ,   'बाहुबली' फेम निर्देशक एसएस राजामौलीको नयाँ सिनेमा 'आरआरआर'ले प्रि-रिलिज कमाइमा आफ्नो अघिल्ला सिनेमालाई पछि पारेका छन्।

सिनेमाले राजामौली निर्देशित पछिल्लो सिनेमा 'बाहुबलीःद कनक्लुजन'को प्रि-रिलिज कमाइलाई पछि पारेका हुन्।

भारतीय मिडिया रिपोर्टहरुका अनुसार राजमौलीको 'आरआरआर' सिनेमाले रिलिज अगावै ४०० करोड भारू ग्रस कमाइ गरिसकेको छ।

भारतीय सिने व्यापार विश्लेषक रमेश बालाले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन्।

उनले ट्विटमा सिनेमाका सबै बिक्री अधिकारहरूबाट सिनेमाले देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइसकेको बताएका हुन्।

दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन्।

उनीहरूसँगै सिनेमामा आलिया भट्, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनको अभिनय रहेको छ।

भारतीय सिनेमासम्बन्धी वेबसाइट फिल्मीबिटका अनुसार सिनेमाको तेलांगना बिक्री अधिकार करिब २१५ करोड भारूमा बिक्री गरिएको छ बने केरलामा सिनेमालाई १५ करोड भारूमा बेचिसकिएको छ।


प्रतिकृया दिनुहोस