२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

मन्त्रिपरिषद् विस्तारमा लिखित जवाफ पेश गर्न सर्वाेच्चकाे आदेश

- रासस मङ्गलबार २५, जेठ २०७८ ०४:४२

मन्त्रिपरिषद् विस्तारमा लिखित जवाफ पेश गर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सो सम्बन्धी लिखित जवाफ माग गरेको हो ।

इजलासले सो विषयमा थप छलफलका लागि  दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रिट निवेदन दायर गरेका थिए ।


प्रतिकृया दिनुहोस