बिहिबार २२, फागुन २०७६ १०:३९
दार्चुला - जिल्लाको शैल्यशिखर नगरपालिकाले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमहरु समेत नगर्न हात नमिलाउन अंकमाल नगर्न सार्वजनिक अपील गरेको छ ।
शैल्यशिखर नगरपालिका नगर प्रमुख अम सिह धामीद्धारा हस्ताक्षरित अपीलमा विश्वभर कोरोना भाईरस कोरोना भाइरस (कोभिड १९)को संक्रमण र संत्राश बढ्दै गएको सन्दर्भका आवश्यक सर्तकता अपनाउनु उपयुक्त भएकाले आम नगरबासीहरुमा सर्तकताको लागी सार्वजनिक आव्हान गरिएको जनाएको छ ।
बिहीवार अपिल जारी गर्दै भनेको छ, फैलदो महामारीको त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ । कोरोना भाईरस (कोभिड १९०) को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग भएकाले आवश्यक रोकथामका लागी सर्तकता अपनाउनु अपरीहार्य रहेकाले सार्वजनिक अपील गरिएको हो । यो रोग चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले कुहिना सम्म हात सफा गर्न, कोरोना भाईरसको लक्षण देखिएमा तत्काल चेक जाँच गर्न, प्राथमिक उपचार सम्मको घरमै व्यवस्था मिलाएर राख्न, सार्वजनिक सभा सम्मेलन, भिडभाडमा सहभागि नहुन समेत यस शैल्यशिखर नगरवासीमा अनुरोध गरेको छ ।
साथै कोरोना भाईरसको सम्वेदनशिलताका लागि शैल्यशिखर नगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न अनुरोध गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न दिएको निर्देशन समेत कार्यान्वयनमा रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस